Property Nepal - Shangri-la Development Bank
Shangri-la Development Bank
customercare@shangrilabank.com

Terms

१.    बोलपत्र फाराम यस डेभलपमेन्ट बैंकको कुनै पनि शाखा कार्यालयबाट यस बैंकको खाता नं. .....–९३०७४०१०५०१०१ को "SDBL- Other non-operating Income" मा रु.५००।–(अक्षेरुपी पाँच सय मात्र) जम्मा गरी खरिद गर्न ... किनेछ ।
२.    बोलपत्र फाराममा आफूले बोलकबोल गरेको रकम अंक र अक्षरमा स्पष्ट उल्लेख गर्नुपर्नेछ । बोलपत्र फाराममा आफूले लिन चाहेको चल÷अचल सम्पत्तिको विवरण यस डेभलपमेन्ट बैंकबाट प्रकाशित सूचनाको आधारमा भर्नु पर्नेछ ।
३.    बोलपत्रदाताले आफुले कबुल गरेको रकमको कम्तिमा १० प्रतिशतले हुने रकम धरौटी वापत यस डेभलपमेन्ट बैंकको कुनैपनि शाखा कार्यालयमा यस बैंकको खाता नं. .....–९२०६५०१०७०५०१ को "SDBL- Auction Deposit (Lilami)" मा जम्मा गरी सक्कल रसिद यस बोलपत्र फारम साथ संग्लन गरी यस डेभलपमेन्ट बैंकको सम्बन्धित शाखा कार्यालय वा केन्द्रीय कार्यालयमा रहेको कर्जा असुली इकाईमा पेश गर्नुपर्नेछ ।
४.    बोलपत्र फाराममा कर्जा शीर्षक र धितोको क्र.सं अनिवार्य रुपमा उल्लेख गर्नु पर्नेछ । 
५.    लिलाम बिक्री हुने धितो निरिक्षण गर्न चाहेमा बोलपत्र पेश गर्नु अगावै कार्यालय समय भित्र सम्बन्धित शाखा कार्यालयमा सम्पर्क राखी जे–जस्तो अवस्थामा छ सोही अवस्थामा निरीक्षण गर्न सकिनेछ । साथैं सोहि अवस्था तथा परिमाणमा स्वीकार गरी लिनु पर्नेछ ।
६.    बोलपत्र स्वीकृत भएको सूचना पाएको मितिले १५ दिन भित्र कबोल गरेको सम्पूर्ण रकम बुझाई चल÷अचल सम्पत्ति आफ्नो नाँउमा नामसारी गरिलिनु पर्नेछ । सो म्याद भित्र बाँकी रकम नबुझाएमा धरौटी रकम स्वतः जफत हुनेछ ।
७.    बोलपत्र दाखिल भईसकेपछि बोलपत्रमा उल्लेखित रकम वा शर्तमा कुनै हेरफेर हुने छैन । साथै बोलपत्र स्वीकृत वा अस्वीकृत हुन टुङ्गो नलागेसम्म सामान्यतया धरौटी रकम फिर्ता दिईने छैन । 
८.    रित नपुगेको वा म्याद नाघी पेश हुन आएको बोलपत्र स्वतः रद्द हुनेछ ।
९.    बोलपत्र स्वीकृत वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार यस डेभलपमेन्ट बैंकमा नै नीहित रहनेछ र अस्वीकृत गर्दा यस डेभलपमेन्ट बैंकले कुनै पनि कारण खुलाउनुपर्ने छैन ।
१०.     बोलपत्र सदर वा सुरक्षणमा रहेको धितो नामसारी हुनु अगावै ऋणीले सम्पूर्ण रकम बुझाएमा प्राप्त बोलपत्रहरु रद्द गरी धरौटी रकम फिर्ता दिन सकिनेछ साथै सो मा कुनै व्याज समेत प्रदान गरिने छैन ।
११.    अदालत वा अन्य अख्तियार प्राप्त निकायबाट लिलाम रोक्का गर्न आदेश प्राप्त भएमा लिलाम रोक्का गर्न सकिनेछ ।
१२.    दा.खा. नामसारी गर्दा सम्बन्धित निकायमा लाग्ने सम्पूर्ण खर्चहरु बोलकबोल दाताले व्यहोर्नु पर्नेछ ।

Baluwatar-4 , Kathmandu , Nepal

014425768 , 014425770