Property Nepal - BPN11
Detail

धितोमा रहेको सम्पत्ति (घर/जग्गा) लिलाम बिक्री सम्बन्धमा गोप्य शिलबन्दी बोलपत्र आव्हान गरिएको ३५ (पैंतिस) दिने सार्वजनिक सूचना

Auction Start Date :
2023-06-26
Auction End Date :
2023-08-01
Auction Time :
11:00:00
Auction Id :
BPN11
Auction Location :
Samakhusi
NPA

9851022746 014988653

यस धौलाश्री बहुउद्देश्यीय सहकारी संस्था लि. बाट तपसिल बमोजिमका ऋणी सदस्यहरुले निम्न प्रयोजनका लागि लिएको कर्जाको तिर्नु/बुझाउनु पर्ने सावाँ, ब्याज, हर्जाना लगायत अन्य दैदस्तुर समेत नतिरी नबुझाई संस्थासंग गरेको कर्जा सम्वन्धी सम्झौता र शर्त बन्देजहरु उल्लंघन गरेका कारण यस संस्थाले पटक पटक मौखिक तथा लिखित रुपमा तर ताकेता गर्दै आएको र मिति २०७९/०९/०३ गतेको राष्ट्रिय स्तरको पत्रिका आर्थिक राष्ट्रिय दैनिकमा ऋण बुझाउनका लागि ३५ दिनको म्याद दिई सूचना प्रकाशित गर्दा समेत कुनै चासो नदेखाई वेवास्ता गरी आजका मिति सम्म उक्त कर्जा चुक्ता गर्ने तर्पm प्रयास नभएकोले कर्जा सुरक्षणमा रहेको तपसीलमा लेखिएको धितो घर/जग्गा जे जस्तो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्रीगरी लेना रकम असुल उपर गरिने सम्वन्धमा यो ३५ दिने सूचना प्रकाशित गरिएको छ । सम्बन्धित ऋणीले उक्त म्यादभित्र कर्जा चुक्ता नगरेमा कर्जा सुरक्षणका लागि यस संस्थामा धितो लेखिदिएको तपसिल अनुसारको चल÷अचल सम्पत्ति (घर/जग्गा) सहकारी ऐन २०७४, यस संस्थाको विनियम, ऋण लगानी तथा असुली सम्वन्धी नियमावली र बैंक तथा वित्तिय संस्थाको ऋण असुली सम्वन्धी प्रचलित ऐन कानूनले दिएको अधिकार प्रयोग गरी लिलाम बिक्री गरी कर्जा असुल गर्ने सम्बन्धमा यस संस्थाको सञ्चालक समितिको मिति २०७९/१२/२८ मा निर्णय भएकोले लिलाम डाक बढाबढ गरी लिन इच्छुक महानुभावहरुले यो सूचना प्रकाशित भएको मितिले ३६ औं दिन र उक्त दिन सार्वजनिक बिदा परेमा सो को भोलिपल्ट तोकिएको समयमा यस संस्थाको कार्यालयमा उपस्थित भई आफुले सकार गरी लिन चाहेको मूल्यमा बोल कबोल गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ । ऋणी वा धितो जमानतकर्ताले लिलामी हुने दिन भन्दा अगावै संस्थामा उपस्थित भई सोही मिति सम्मको बुझाउनु पर्नेे सावाँ, ब्याज लगायत अन्य बांकी बक्यौता र दै दस्तुर समेत चुक्ता भुक्तानी गरी कर्जा राफसाफ गरेमा सम्बन्धित ऋणीको हकमा लिलामी कार्य स्वतः स्थगित हुने र अन्यको हकमा प्रकृया अगाडी बढाइने व्यहोरा समेत यसै सूचना बाट जानकारी गराइएको छ ।  

Contact the Co-orperative directly for more details .

Borrowers

Suresh Prasad Kushwaha
Permanent Location : Paterwa Sugauli Rural Municipality- 9 Present Location : Budhanilakantha Municipality-3

Directors

.
.

Guarantors

.
.
Property No. 1
Kitta No. :
1166
Price:
Area:
8 aana
Location:
Budhanilkantha, Kathmandu

Dhaulashree Multipurpose Co-operative Society Ltd.

Head office:
Shamakhusi , Kathmandu


  9851022746 014988653

  mdhaulashree@gmail.com

Dhaulashree Multipurpose Co-operative Society Ltd.

Head office:
Beena Marg, Kathmandu 44600


   9851022746 014988653

   mdhaulashree@gmail.com

Make an enquiry

Terms And Conditions

१. लिलाम हुने दिनमा डाक बढाबढ गर्दा बोल कबोल गर्ने ब्यक्ति वा संस्थाले आफुले कबोल गरेको रकमको १० प्रतिशतले हुन आउने रकम धरौटी स्वरुप यस संस्थामा सोही दिन नगदै बुझाउनु पर्ने छ ।
२. लिलाम सकार गर्ने ब्यक्ति÷संस्थाले सकार गरेको १० दिन भित्र आपूmले कबोल गरेको बांकी ९० प्रतिशत रकम चुक्ता बुझाउनु पर्नेछ र तोकिएको म्याद भित्र बांकी रकम नबुझाएमा धरौटी वापत राखेको १० प्रतिशत रकम स्वतः जफत हुने छ ।
३. लिलाम डाक बढाबढमा सवैभन्दा बढी अंक बोल्ने ब्यक्ति÷संस्थालाई सकार गरेको सम्पत्ति निजका नाममा नामसारी÷दाखिल खारेज गरिदिइने छ । 
४. लिलाम तोकिएको दिन सार्वजनिक बिदा पर्न गएमा त्यसपछिको लगत्तै कार्यालय खुल्नेदिन लिलाम बढाबढ हुनेछ ।
५. लिलाम बिक्री हुने धितो (घर÷जग्गा) संग सम्वन्धित कागजातहरु हेर्न चाहनुहुने महानुभावहरुले कार्यालय समय भित्र यस संस्थामा सम्पर्क राख्न सक्नुहुनेछ ।
६. का.म.न.पा.२६ सामाखुशी, टाउनप्लानिङ्ग स्थित संस्थाको आप्mनै भवनको कार्यालयमा बिहान ११ बजे देखि दिउंसो ४ बजे सम्म लिलामको डाक बढाबढ हुने छ ।
७. लिलाम बिक्री गर्दा लागेको सम्पूर्ण खर्च समेत ऋणीले ब्यहोर्नु पर्ने गरी लेना रकममा समावेश गरिने छ ।
८. सहकारी ऐन, नियमावली र यस संस्थाको विनियम तथा बैंक तथा वित्तिय संस्थाको ऋण असुली सम्बन्धी प्रचलिन ऐन कानून बमोजिम लिलाम बिक्री गर्नुपर्ने जायजेथा लिलाम बिक्री गर्दा कसैले नसकारोमा यस संंस्थाले उक्त सम्पत्ति संस्था स्वयम्ले सकार गरि आपैंmले स्वामित्व ग्रहण गर्न सक्नेछ ।
९. संस्थामा सुरक्षण रहेको धितोबाट सम्पूर्ण लेना रकम असुल उपर नभएमा ऋणी तथा जमानीकर्ताको नाममा रहेको अन्य चल अचल सम्पत्ति बाट बांकी रकम असुल उपर गरिने छ ।
१०. लिलाम बढाबढ स्वीकृत वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार संस्थामा सुरक्षित रहने छ ।

Disclaimer

" This advertisement is a guide only. Whilst all information has been gathered from sources we deem to be reliable, we do not guarantee the accuracy of this information, nor do we accept responsibility for any action taken by intending purchasers in reliance on this information. No warranty can be given either by the vendors or their agents.”