Property Nepal - BPN25
Detail

धितोमा रहेको चल अचल सम्पत्ति लिलाम डाँक बढाबढद्वारा लिलाम बिक्री गरिने बारेको अत्यन्त जरुरी सूचना

Auction Start Date :
2024-04-01
Auction End Date :
2024-05-06
Auction Time :
12:00:00
Auction Id :
BPN25
Auction Location :
agriculture development bank limited ,ramshahpath , kathmandu
NPA

014212975 , 9851322866

तपसील बमोजिमको कम्पनि/कर्जा ग्राहकहरुले यस बैंकबाट देहाय बमोजिम कर्जा/ सुविधाहरुको बैंकलाई बुझाउनु पर्ने साँवा, व्याज, हर्जाना तथा अन्य लेना रकम बुझाउन पटक पटक मौखिक तथा लिखित रुपमा तर ताकेता तथा कर्जा बुझाउने बारे २१ (एक्काईस) दिने सूचना र पटक पटक धितो लिलाम बिक्रीको सूचना प्रकाशन गर्दा समेत कर्जा भुक्तान गर्ने तर्फ कुनै चासो नदेखाई बेवास्ता गरेकाले यो सूचना प्रकाशित भएको मितिले ३५ (पैंतीस) दिन भित्र बैंकको सम्पूर्ण लेना रकम चुक्ता गर्नुहुन कर्जा ग्राहक, धितो सुरक्षण मन्जुरीनामादिने, जमानत दिनुहुने ब्यक्ति/संस्थालाई यो सार्वजनिक सूचना जारी गरीएको छ । उल्लेखित ३५(पैंतीस) दिन भित्र कर्जा चुक्ता नगरेमा कर्जा ग्राहक, धितो सुरक्षण मञ्जुरी दिने, जमानत दिनुहुने ब्यक्ति/संस्था र सम्बन्धित पक्षलाई कर्जा सुचना केन्द्रको कालोसूचीमा राखिने र बैंकलाई लेखिदिएको चल अचल सम्पत्ति/परियोजना बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र यस बैंकको प्रचलित कर्जा असुली कार्यबिधि अनुसार देहाय बमोजिमको मितिमा धितो लिलाम डाँक बढाबढ गरिने हुँदा ईच्छुक व्यक्ति/संस्था तथा सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । साथै, उपरोक्त अनुसार डाँक बढाबढद्वारा धितो लिलाम बिक्री हुन नसकेमा धितो सुरक्षणमा रहेको चल अचल सम्पत्ति बैंक आफैले सकार गरिलिन सक्ने व्यहोरा समेत जानकारी गराईन्छ ।

Borrowers

shree surya ayurved pvt ltd

Registration No. : 158334-073-074

Pan/VAT : 604350136

Directors

सुनिता पण्डित

Guarantors

मेघनाथ सुवेदी
सुनिता पण्डित
अनिष पण्डित
अमिष पण्डित
Property No. 1
Kitta No. :
660,615,617
Price:
Area:
0-1-0 ,0-2-8.5,0-2-11.5
Location:
kudiya, Nawalparasi West

Agricultural Development Bank

Head office:
Ramshahpath, Kathmandu


  014212975 , 9851322866

  ramshahpath.banking@adbl.gov.np

Agricultural Development Bank

Head office:
Beena Marg, Kathmandu 44600


   014212975 , 9851322866

   ramshahpath.banking@adbl.gov.np

Make an enquiry

Terms And Conditions

१. धितो लिलाम डाँक बढाबढ हुने तोकिएको दिन लिलामी कार्य सम्पन्न हुन नसकेमा वा सार्वजनिक बिदा परेमा सोको लगतै बैंक खुलेको दिन उक्त लिलामी कार्य हुनेछ ।

२. धितो लिलाम डाँक बढाबढमा कम्तिमा ३ ( तीन ) जना ब्यक्ति/संस्थाहरुले भाग लिएको हुनु पर्नेछ । 

३. धितो लिलाम डाँक बढाबढमा सबै भन्दा बढी बोलकबोल गर्ने व्यक्ति / संस्थाले बोलेको अंकको कम्तिमा १० (दश) प्रतिशत हुने रकम धरौटी वापत त्यसै दिन सम्बन्धित बैंकमा सम्पर्क गरी जम्मा भएको हुनु पर्नेछ । 

४. लिलाम सकार गर्ने व्यक्ति / संस्थाले लिलाम सदर भएको ७ (सात ) दिन भित्र बाँकी रकम बुझाउनु पर्नेछ । बुझाउनु पर्ने बाँकी रकम तोकिएको मितिमा बुझाउन नसकेमा जम्मा भएको रकम स्वत ः जफत हुनेछ ।

५. लिलाम सदर / बदरको निर्णय नभए सम्म धरौटी रकम फिर्ता माग गर्न र सोमा ब्याज दाबी गर्न पाईने छैन । 

६. डाँक बढाबढको शुरुवात अंक उक्त चल अचल सम्पत्तिको मुल्याङ्कन रकम वा बैंकको लेना रकम जुन बढी हुन्छ सोही रकम बाट शुरुवात गरिनेछ ।

७. धितो लिलाम डाँक बढाबढ सदर वा बदर गर्नु अगावै सम्बन्धित ग्राहकले बैंकलाई भूक्तानी गर्नु पर्ने सम्पूर्ण रकम बुझाएमा लिलामी कारवाही हुने छैन । 

८. लिलाम सदर भए पश्चात दाखिल / खारेज नामसारी गर्दा सम्बन्धित निकायमा तिर्न बाँकी कर ,राजश्व ,मालपोत , रजिष्ट्रेशन दस्तुर लगायतका सम्पुर्ण राजश्व ,कर,दस्तुर एवं अन्य भैपरी खर्च र नपुग रकम बोलपत्रदातालेनै ब्यहोर्नु पर्नेछ ।

९.डाँक बढाबढमा सबै भन्दा बढी बोलकबोल गर्ने व्यक्ति / संस्थालाई दिने वा नदिने सम्पुर्ण अधिकार बैंकमै सुरक्षित रहनेछ । 

१०. सर्बप्रथम कर्जा ग्राहकको आफ्नो नाममा भएको चल अचल सम्पत्ती लिलाम बढाबढ गरिनेछ । सोबाट सम्पुर्ण लेना रकम नपुग भएको अवस्थामा सोही दिन मन्जुरीनामा / जमानीकर्ताको धितो लिलाम डाँक बढाबढ गरिनेछ । 

११. अन्य जानकारीको लागी यस कार्यालयमा कार्यालय समय भित्र सम्पर्क राख्न सकिनेछ । 

Disclaimer

" This advertisement is a guide only. Whilst all information has been gathered from sources we deem to be reliable, we do not guarantee the accuracy of this information, nor do we accept responsibility for any action taken by intending purchasers in reliance on this information. No warranty can be given either by the vendors or their agents.”

More properties from Agricultural Development Bank

Other properties you might be interested in based on the location and property type you are looking at.