Property Nepal - Agricultural Development Bank
Agricultural Development Bank
ramshahpath.banking@adbl.gov.np

Terms

१. धितो लिलाम डाँक बढाबढ हुने तोकिएको दिन लिलामी कार्य सम्पन्न हुन नसकेमा वा सार्वजनिक बिदा परेमा सोको लगतै बैंक खुलेको दिन उक्त लिलामी कार्य हुनेछ ।

२. धितो लिलाम डाँक बढाबढमा कम्तिमा ... ( तीन ) जना ब्यक्ति/संस्थाहरुले भाग लिएको हुनु पर्नेछ । 

३. धितो लिलाम डाँक बढाबढमा सबै भन्दा बढी बोलकबोल गर्ने व्यक्ति / संस्थाले बोलेको अंकको कम्तिमा १० (दश) प्रतिशत हुने रकम धरौटी वापत त्यसै दिन सम्बन्धित बैंकमा सम्पर्क गरी जम्मा भएको हुनु पर्नेछ । 

४. लिलाम सकार गर्ने व्यक्ति / संस्थाले लिलाम सदर भएको ७ (सात ) दिन भित्र बाँकी रकम बुझाउनु पर्नेछ । बुझाउनु पर्ने बाँकी रकम तोकिएको मितिमा बुझाउन नसकेमा जम्मा भएको रकम स्वत ः जफत हुनेछ ।

५. लिलाम सदर / बदरको निर्णय नभए सम्म धरौटी रकम फिर्ता माग गर्न र सोमा ब्याज दाबी गर्न पाईने छैन । 

६. डाँक बढाबढको शुरुवात अंक उक्त चल अचल सम्पत्तिको मुल्याङ्कन रकम वा बैंकको लेना रकम जुन बढी हुन्छ सोही रकम बाट शुरुवात गरिनेछ ।

७. धितो लिलाम डाँक बढाबढ सदर वा बदर गर्नु अगावै सम्बन्धित ग्राहकले बैंकलाई भूक्तानी गर्नु पर्ने सम्पूर्ण रकम बुझाएमा लिलामी कारवाही हुने छैन । 

८. लिलाम सदर भए पश्चात दाखिल / खारेज नामसारी गर्दा सम्बन्धित निकायमा तिर्न बाँकी कर ,राजश्व ,मालपोत , रजिष्ट्रेशन दस्तुर लगायतका सम्पुर्ण राजश्व ,कर,दस्तुर एवं अन्य भैपरी खर्च र नपुग रकम बोलपत्रदातालेनै ब्यहोर्नु पर्नेछ ।

९.डाँक बढाबढमा सबै भन्दा बढी बोलकबोल गर्ने व्यक्ति / संस्थालाई दिने वा नदिने सम्पुर्ण अधिकार बैंकमै सुरक्षित रहनेछ । 

१०. सर्बप्रथम कर्जा ग्राहकको आफ्नो नाममा भएको चल अचल सम्पत्ती लिलाम बढाबढ गरिनेछ । सोबाट सम्पुर्ण लेना रकम नपुग भएको अवस्थामा सोही दिन मन्जुरीनामा / जमानीकर्ताको धितो लिलाम डाँक बढाबढ गरिनेछ । 

११. अन्य जानकारीको लागी यस कार्यालयमा कार्यालय समय भित्र सम्पर्क राख्न सकिनेछ । 

Ramshahpath, Kathmandu

014212975 , 9851322866